एनआइसी एसिया क्यापिटलसँग अगम फूड इन्डष्ट्रिजले आइपीओ जारी गर्न सम्झौता


काठमाडौं । एनआइसी एसिया क्यापिटलसँग चितवनको खाद्य कम्पनी अगम फूड इन्डष्ट्रिजले आइपीओ जारी गर्न सम्झौता गरेको छ । यसका लागि कम्पनीले ‘आइडिया टु आइपीओ’ सेवा उपलब्ध गराउन सम्झौता गरेको हो । ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत एनआईसी एशिया क्यापिटल र अगम फूड इण्डष्ट्रिबीच आईपीओ जारी गर्ने सम्झौता भएको हो । आइडिया टु आइपीओ सम्झौता मंगलबार भएको हो । सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई आइपीओ जारी गर्ने चरणमा पुर्‍याउन आवश्यक सेवा उपलब्ध गराउने छ ।

उक्त कम्पनीलाई क्यापिटलले संस्थागत परामर्श, सेयर रजिष्ट्रार सेवा, व्यक्तिगत तवरबाट कम्पनीलाई आवश्यक पर्ने फन्डको व्यवस्था गराउने छ। साथै, प्राइभेट कम्पनीलाई पब्लिकमा रुपान्तरण गरी सर्वसाधारणमा सार्वजनिक निष्कासन तथा बिक्री गरिदिनेसम्मको सेवा क्यापिटलले दिनेछ । अगम फूड मुलुकका ठुला स्टीम राइस मिल उद्योगमध्ये एक हो। चितवनको भरतपुर १३ मा सन् २००५ देखि स्थापना भएर सञ्चालनमा रहेको उद्योगले आफ्नो उत्पादन देशभरका बजारमा बिक्री गर्दै आएको छ । अगम फूडले स्वदेशी किसानहरुबाट धान खरिद गरी प्रशोधन गरेर चामल बजारमा पठाउने गरेको छ । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंको लाजिम्पाटमा छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *