चौधरी ग्रुपले खोल्यो नवलपुरमा नयाँ गल्फ रिसोर्ट मिराया


काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तब्य बन्ने विश्वास गरिएको हस्पटालिटीले जनाएको छ ।अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीको विश्वास छ । सीजी इन्डस्ट्रियल पार्कभित्र गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउनेछन् । साथै, शाश्वतधाम दर्शनार्थीहरूका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित हुने विश्वास कम्पनीको छ । ‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमा मिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिनेगरि तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरुले फरक अनुभुति गर्नु हुनेछ भन्ने मेरो विश्वास छ । यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको हस्पिटालिटीले जनाएको छ ।

मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुहरुका लागि पनि उत्कृष्ट गन्तब्य बन्ने विश्वास लिइएको छ । मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकताहरू पूरा गर्ने विभिन्न गतिविधिहरू र अन्य सुविधाहरू प्राप्तगर्न सक्ने छन् । रिसोर्टमा स्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ताखास सुविधाहरु प्नि रिसोर्टमा छन् । यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ जसका कारण गल्फ खेल्न रुचिभएका मानिसहरुका लागि पनि मिराया उत्कृष्ट गन्तब्य बन्ने विश्वास ग्रुपले जनाएको छ। मिरायागल्फ एण्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमा प्रख्यात छ । आरामदायी रुपमा बस्न मन पराउँने अतिथी वा उनीहरुको अनुभवलाई प्रयोग गर्न चाहनेहरुका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञहरू यस कार्यका लागि समर्पित रहेको कम्पनीले जनाएको छ।

रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औं होल जस्ता विकल्प यहाँ उपलब्ध छन् । काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको अविरल दृश्यपान गर्न सकिन्छ । यो भगवान बुद्धको जन्म स्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता उल्लेखनीय गन्तव्यहरूबाट नजिकको दूरीमा छ । मिरायामा पुग्न यात्राका धेरै विकल्प उपलब्ध छन् । यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न सकिन्छ । रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरूसहित विभिन्न कार्यक्रमहरू होस्ट गर्न पनि सुसज्जित बनेको छ । आध्यात्मिक अनुभव खोज्नेहरूकालागि मिरायाले शाश्वतधामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरु पनि उपलब्ध गराउँछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *