राष्ट्र बैंकले सहकारीको नियमन गर्दैन ः गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्दिन भन्न नमिल्ने बताएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय ऋण लिएर तिर्दिन भनेर आन्दोलन भइरहेको बताउँदै ऋण तिर्दिन भन्न नमिल्ने बताए । उनका अनुसार नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको निर्माणको चरणमा रहेकोले कोरोना महामारीमा दिएको जस्तो सुविधा दिन नसकिने बताएका छन् ।

‘कोरोनाको समयमा राष्ट्र बैंकले दिएको सुविधाको ऋणीले दुरुपयोग गरे, व्यवसायीले अहिले पनि विगतको जस्तै सुविधा खोजेका छन्, एउटालाई सहुलियत दिँदा अर्को पक्षलाई समस्यामा पार्न हुँदैन । यस्तै, उनले राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई नियमन गर्न नचाहेको पनि बताएका छन् । ‘राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न चाँहदैन, बचत तथा ऋण सहकारीले जानेर वा नजानेर कारोबार गर्दा समस्या देखियो, त्यसलाई नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था आवश्यक पर्छ,’ उनले भने । उनले बजेटले लिएको आर्थिक वृद्धि, मूल्य वृद्धिलाई न्यून गराउन सहयोग हुने गरि मौद्रिक नीति आउने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *