भारतमा पनि आदिपुरुषको विरोध, प्रतिबन्ध लगाउन माग
काठमाडौँ । नेपालमा विवादित संवादका कारण प्रदर्शन बन्द गरिएको फिल्म आदिपुरुषको प्रदर्शन रोक्न भारतमा पनि आवाज उठ्न थालेको छ ।
अल इन्डिया सिने वोर्कर्स एसोसियसनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र्र लेख्दै आदिपुरुषको प्रदर्शन तत्काल रोक लगाउन माग गरेको छ ।
एसोसियसनका अध्यक्ष सुरेश श्यामलाल गुप्ताले एक पत्र लेख्दै आदिपुरुष रामायाण नभएको भन्दै फिल्मलाई तत्काल प्रतिबन्ध लगाउन माग गरेको हो ।
एसोसियसनले आदिपुरुषमा प्रयोग भएका संवाद र कथाले भगवान राम र हनुमानको छबि बिगारेको आरोप लगाउदै यस फिल्मले हिन्दु धर्मावलम्बीको भावनामा ठेस पुरयाएको उल्लेख गरेको छ ।
एसोसियसनले आदिपुरुषलाई सिनेमा घर र ओटीटी प्लेटफर्महरुमा प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ ।