एमाले सांसदहरूको नाराबाजीका कारण सांसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । एमाले सांसदहरूको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले प्रदेशको नाम समावेश नगरेको भन्दै एमाले सांसदहरुले विरोध जनाए । एमाले सांसद सूर्य थापाले सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको नाम नराखेको भन्दै उक्त मन्त्रालयको शीर्षकगत छलफल कार्यसूचीबाट हटाउन माग गरे ।

सभामुख देवराज घिमिरेले रुलिङ गरे पनि एमाले सांसदहरूले विरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास मन्त्रालय,खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ । तर एमाले सांसदहरू आक्रामक ढंगले प्रस्तुत भइरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *