चन्द्रागिरि सहकारी वित्तीय रूपमा अब्बल
काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले जेठ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार यस आर्थिक बर्षको जेठ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो । संस्थाले प्रकाशित गरेको विवरण अनुसार शेयर पुँजी १७ करोड ८५ लाख, जगेडा कोष ८ करोड ४ लाख ३३ हजार र कुल संस्थागत पुँजी १० करोड ६१ लाख ७९ हजार रहेको छ ।
त्यसैगरी संस्थाको अन्य कोषहरुमा ५ करोड ८७ लाख ४४ हजार, बचत संकलन २ अर्ब ६३ करोड २२ लाख र ऋण लगानी २ अर्ब ७ करोड ७८ लाख रहेको छ । संस्थाको यस अवधिमा ३ अर्ब २० करोड २८ लाख कुल सम्पत्ति पुगेको छ । संस्थामा ७५ करोड २६ लाख ९५ हजार अर्थात २८.६० प्रतिशत तरलता रकम रहेको छ । संस्थामा १७ हजार ४५६ सदस्य आवद्ध रहेका छन् । संस्थाबाट २ हजार २ सय २ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
















