समुदायमा आधारित सहकारी संस्थाहरुको विकास एवं प्रबद्र्धन गर्नु अहिलेको आवश्यकताः अध्यक्ष लाखाजु
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पूर्व संचालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघ गठनको उद्देश्य सहकारी अभियानमा देखा परेका विकृतिहरुको निराकरण गरी समुदायमा आधारित सहकारी संस्थाहरुको विकास एवं प्रबद्र्धन गर्नुअहिलेको आवह्यकता रहेको बताए । उनले स्पष्ट उद्देश्यका कारण संघले समुदायिक तथा सदस्यकेन्द्रीत सहकारीको विकासका लागि आफ्नो धारणाहरुको विकास गरी निरन्तर आवाजहरु उठाइरहेको समेत सो अवसरमा बताए । अध्यक्ष लाखाजुले संघले अभियान अन्र्तगत खेलेको भुमिकाका विषयमा प्रस्तुतीकरण समेत गरेका थिए । संघका सस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघको नेतृत्वको टोली राम्रो भएकोले संघ मजबुत रहेका बताए ।
संघ स्थापनाकाल देखि आत्मर्निभर संघका लागि जोड दिदैं आएकै कारण संघले आफ्नो कुराहरु सम्बन्धित क्षेत्रमा निर्धक राख्न सकेको सो अवसरमा उनले स्मरण गरे । संघले कर्जा सुचना केन्द्र, सदस्यहरुको आन्तरीक लेखा परिक्षण र अनुगमनमो विशेष जोड दिएको खण्डमा अभियान नै मजबुद हुने उनको भनाई छ । संघका निवर्तमान अध्यक्ष राधेश्याम सवालले आर्थिक संकटलाई न्युनिकरण गर्न संघले दिर्घकालीन जोखिम बहन गर्ने कोषहरुको संचालन गर्नुपर्ने बताए । सदस्य संस्थाहरुको त्रैमासिक प्रगति प्रतिवेदनहरु विश्लेषण तथा आन्तरिक अनुगमन गरी सम्भावित जोखिमबाट सदस्य संस्थाहरु जोगाउने कार्यमा संघ लाग्नुपर्ने सुझाव उनले दिए । संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य राख्दैं पूर्व पदाधिकारीबाट सल्लाह, सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।
संघका सचिवले कार्यक्रम सञ्चालन गर्दै पूर्व संचालकहरुको अमूल्य सूझावबाट संघले दिशा निर्देशन हुने बताए । संघका व्यवस्थापक बालकृष्ण धोंजुले संघले अन्तर लगानी, शिक्षा तथा तालिम र अभियान गरी मुख्य तीन क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । गत जेष्ठ मसान्तसम्ममा २ अर्ब १ करोडको कुल सम्पत्ती तथा दायित्व जोड्न सफल भएको प्रगति विवरणसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा वर्तमान संचालक र लेखा सुपरिवेक्षण समिति एंव पूर्व संचालक र लेखा सुपरिवेक्षण समिति गरी २५ जनाको उपस्थिति रहेको थियो ।
















