गायक प्रकाश सपुतमाथि बोतल प्रहार ,राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण

काठमाडौंँ । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा भएको बोतल प्रहार घटना अत्यन्तै निन्दनीय र आमानवीय भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै रोमानियामा सपुतमाथि भएको क्रियाकलाले सम्पूर्ण नेपाली कलाकारको मन दुखेको समेत धारणा राखेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव प्रकाश सपुतमाथि रोमानियामा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल–२’ मा आफ्नो प्रस्तुति दिइरहेका बेला बोत्तल प्रहार भएको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रतिष्ठानका अध्यक्ष रिता थापामगरद्धारा जारी विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘यो घटना अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानको ठहर छ ।

आयोजक, त्यहाँस्थित कुटनैतिक नियोग एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको समेत ध्यानाकर्षण गराउँदै यस्ता घटनाले कलाकारको मनोबल गिर्नुका साथसाथै आफ्नै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छनीय क्रियाकलापले सम्पूर्ण नेपाली कलाकारहरूको मन दुखेको छ ।’ प्रतिष्ठानले दोषिमाथि कारबाही गर्न समेत माग गरेको छ ।

रोमानियाको एक कार्यक्रममा गित गाइरहेका उनिमाथि एक्कासि बोतल प्रहार भएको थियो । सो विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

lokdohori
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *