दोस्रो टुशाल विद्यालयस्तरीय पौडी प्रतियोगीता असार १५ गते


काठमाण्डौ । काठमाण्डौस्थित टुसाल मल्टिभेन्यु प्रा.लि.ले आफ्नो स्थापनाकालदेखि नै पौडी खेलको प्रर्वद्धन र जागरुकता विकाश गर्ने उदेश्यकासाथ विद्यालय स्तरीय पौडि प्रतियोगिता आयोजना गर्दे आएको छ । सोहि अनुसार गत साल २०७९ जेठ २९ गते प्रथम टुशाल मल्टिभेन्यु विद्यालयस्तरीय पौडि प्रतियोगीता सम्पन्न भएको थियो भने यो वर्षपौडी प्रतियोगिता नियमित बार्षिक कार्यक्रमको रुपमा यहि असार १५ गते आयोजना हुनेछ ।

प्रतियोगिता २५ मिटरको फ्री स्टाइलमा खेलाइनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर ग्रर्लस र सिनियर ब्वाइज, सिनीयर ग्रर्लस गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ । उक्त प्रतियोगीताको टेक्निकल तथा निर्णायकको जिम्मेवारी राष्ट्रिय स्तरका विष्णु खड्का लगायतको ११ जनाको टिमले जिम्मा लिनेछन् । प्रतियोगीताका विजयी प्रतियोगीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरीनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *