काठमाडौँ । काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा डोजर चलेको छ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको हो । आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर लगाइरहेको छ ।