जनश्रमदान गरेरै धरानका मेयर हर्क साम्पाङले राखे गिनिज बुकमा नाम

काठमाडौं । धरान महानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले जनताका लागि काम गरेरै गिनिज बुकमा आफ्नो नाम लेखाएका छन् । सरकारको लगानीविनै जनश्रमदान अभियान चलाएर ४० किलोमिटर लामो दूरीबाट धरान उपमहानगरपालिमा पिउने पानी ल्याएर विश्वसामु उदाहरण बनेपछि मेयर साम्पाङलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले असार १५ गते प्रमाणपत्र दिएको छ ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका हर्कले एक वर्षमै आफूले गरेको बाचा पूरा गरेपछि उनी चर्चित बनेका छन् । ‘सानो काम गरेजस्तो लाग्छ, तर इमान्दार भएर काम गर्दा ठूलो भइँदो रहेछ,’ उनले भने । आफू धरान उपमहानगरपालिकाको मेयर भएपछि सबैलाई समान दृष्टिले हेर्ने गरेको र निर्वाचनको समयमा बोलेका प्रतिवद्धता पूरा गर्न दिनरात मिहिनेत गरेको उनले बताए ।

धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएदेखि उनले जनश्रमदान अभियान चलाएका छन् । हरेक दिन उनको हातमा कुटो, कोदालो, काँधमा पानीको पाइप टुट्दैन । हर्क साम्पाङ दिनभरि नागरिकहरूसँगै गैँती, हम्मर बोकेर बाटो बनाउनेदेखि ढुंगा फुटाउन र गिटी कुट्न लागिरहन्छन् । हातभरि ठेला उठ्दासमेत देशको समस्या, नागरिकको समस्या देखेर आफ्ना पीडा भुल्ने गरेका छन् । उनी सार्वजनिक ठाउँमा आमसर्वसाधारण जसरी हिँडिरहेका हुन्छन् । प्रहरीले उनलाई सुरक्षा दिनुपरेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *