शनिवारको दिन पनि बैंक खोल्नु: राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी शनिवार बैंक खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक सुचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न भनेको हो ।

यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाव परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *