नेपाल एसबीआई बैंक ३१ औं वर्षमा


काठमाडौं । नेपाल एसबीआई बैंक स्थापनाको ३१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले ३० औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले भर्चुअल सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ एनएसबीएलका सबै कर्मचारीहरूले र्बैकको विकासको लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमलाई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले र डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरेका थिए । यसका साथै, उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम शुक्रबार र सनिबार आयोजना गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *