जनमतका मन्त्री सहित नेताकार्यकर्ता किसानको धान रोपाइँमा
महोत्तरी । धान रोप्ने समय भएसगैँ कृषि मजदुरको अभाव भएपछि जनमत पार्टीका नेताहरू स्थानीय किसानका खेतमा धान रोप्न पुगेका छन् ।
महोत्तरी गाउँपालिका वार्ड ५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो । मजदुरको अभावको कारण रोपाइँ हुन नसकेको जानकारी प्राप्त भएपछि नेताकार्यकर्ता पुगेर धान रोपिदिएको जनमतका केन्द्रीय उपाध्यक्ष समेत रहेका मधेशका विना विभागीय मन्त्री वसन्त कुशवाहाले बताए ।
पूर्व कृषि मन्त्री समेत रहेका कुशवाहा, प्रतिनिधि सभा सदस्य अनिता साह, केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डॉ श्याम महतो लगायतले धान रोपेका हुन् ।