राष्ट्रिय सभाको बैठक आज , कार्यसूचीमा परेन मिटरब्याज सम्बन्धी विधेयक

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बिहीबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ अनुचित लेनदेन ९मिटरब्याज० मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषय समावेश भएको छैन । मिटरब्याजसम्बन्धी विधेयकका हकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सल्लाह गरेर मात्रै अगाडि बढाउनुपर्ने बताएपछि कार्यसूचीमा नराखिएको संसद सचिवालयका अधिकारीहरु ले बताए ।

गत असार ३१ गते प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक राष्ट्रिय सभाले असार १५ गते पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।

अब प्रतिनिधि सभाले पारित गरेको सन्देश राष्ट्रिय सभामा टेबुल गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा विधेयक राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुन्छ ।

प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएको पाँच दिनपछि बसेको राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा यो विषय नपरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *