काठमाडौंबाट फोहोर बोकेर जाने गाडीलाई बञ्चरेडाँडा जान अवराेध

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइट जाने गाडीलाई स्थानीयबासीले प्रतिबन्ध लगाउँदै आएका छन् ।

गत साउन १ गतेबाट काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल्ड साइडमा जाने गाडीले फोहोर व्यावस्थापन केन्द्रमा लगरेर जथाभावि फोहोर फ्याँकेपछि वातावरण प्रदुषणको मुख्य कारण स्थानीयवासी त्यँहा बस्न नसक्ने भएकाले ल्यान्डफिल्ड साइडका स्थानीयहरुले अवरोध जनाएका हुन् ।

ककनी गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीयले काठमाडौंबाट फोहोर बोकेर नुवाकोट पुगेका गाडीलाई प्रवेश दिएका छैनन भने दुर्गन्धित बनेको फोहोर छोप्नका लागि माटो बोकेर जाने गाडीले भने त्यस क्षेत्रमा प्रवेश पाएका छन् ।
बिहीबार बञ्चरेडाँडामा दुर्गन्धित माटो बोकेर जाने २० वटा गाडील प्रवेश पाएको ककनी गाउँपालिका –३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए । ।

‘ उनका अनुसार काठमाडौँबाट फोहोर बोकेर जाने बाहेकका सबै गाडीरुलाई अनुमति दिएको छ । विगतमा फोहोर बोकेर जाने गाडीलाई पनि प्रवेश दिएको तर अहिले फोहोर बढी जथाभावि थुपारेकाले मानिस वस्नका लागि अस्वथ्य वातावरण भएकाले त्यस्तो हुन नदिन सो गरिएको उनको भनाइ छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)को अध्ययन टोली पनि बञ्चरेडाँडा जान लागेको बताए । ‘आज नाष्टको टोलीले बञ्चरेडाँडा ल्यान्डफिल साइटले वरिपरिको बस्तीमा पारेको असर र वातावरणीय प्रभाव मूल्यांकनका लागि जाँदैछ,’ उनले भने ।

बञ्चरेडाँडामा काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरु १ साउनदेखि स्थानीयले रोकेपछि उत्पन्न समस्या समाधान गर्न शहरी विकास मन्त्रालयले बुधबार बोलाएको बैठक विना निष्कर्ष टुंगिएको थियो ।

मन्त्रालयले धादिङ र नुवाकोटका जनप्रतिनिधिले बोलएपछि धादिङबाट कोही पनि सहभागी भएका थिएनन् भने नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष बैठकमै गएनन् । यसअघि भएका उच्चस्तरीय बैठकको निर्णय कार्यान्वयन गराउन ककनी गाउँपालिकाले दबाब दिँदै आन्दोलन गरेपछि बुधबार शहरी विकास मन्त्री सिता गुरुङले स्थानीय र सरोकारवालालाई छलफलमा बोलाएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *