प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत

काठमाडौं । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार लोकराज अवस्थी (बझाङ), विमल ज्ञवाली (रुपन्देही), देवेन्द्र बस्नेत (दाङ) र रेखा भुसाल (रुपन्देही) लाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन ।

युनियनका महासचिव दिलीप पौडेलले युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको बताए। लम्साल विसं २०७९ साउनमा हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *