एनसेलको ‘कम्बो प्याक’ सार्वजनिक


काठमाडौं । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ । अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित ९ सय ९८ रुपैयाँमा लिन सक्छन् ।

ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स ३ ह्यास डायल गरी सजिलै यो प्याक लिन सक्नेछन् । त्यसैगरी अन नेट अर्थात एनसेलका नम्बरहरुमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरुले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र ७ सय ९८ रुपैयाँ लिन सक्छन् । यो प्याक एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स २ ह्यास डायल गरी लिन सकिन्छ । यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ । अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरुले ग्राहकहरुलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *