सबैका कुरा राख्ने थलो नेपाली कांग्रेस हो : आरजु देउवा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम सांसद आरजु देउवाले नेपाली कांगेस सबैको विचार राख्ने उत्कृष्ठ ठाउँ भएको बताएकी छिन् । मंगलबार नेपाली कांग्रेस सर्लाही क्षेत्र नं ४ द्धारा आयोजित क्षेत्रीय सम्मेलन तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

महिला , दलित, मुस्लिम,आदिवासी जनजाती मधेशी लगायत सबैलाई नेपाली कांग्रेसले ठाउँ दिएको उनले बताइन् । देउवाले नेपाली कांग्रेसमा सबैभन्दा बढी भोट हाल्ने महिलाको संख्या भएकाले परिवर्तनका लागि महिला शसक्त भएर लाग्नुपर्ने बताइन् । नेपाली राजनीतिमा महिलाले सक्रिय सदस्यको रुपमा अघि बढेर भोली देशको नेतृत्व गर्ने क्षमता विकासका लागि उपस्थित महिलाहरुलाई उनले सुझाव समेत दिइन् । नेपाली कांग्रेस पाटी सबै भन्दा पुरानो पाटी भएकाले सत्तामा पुगेपछि नागरिकका समस्या समाधानमा सदैव लागिरहेको उनको भनाइ छ । अन्य पाटीहरुले सत्तामा पुगेपछि जनताका समस्या विर्षर्ने गरेको समेत उनले उल्लेख गरिन् ।

६०/७० वर्षको इतिहासमा सिटमा कम भएपनि मधेश प्रदेशका जनताले ठूलो संख्यामा विश्वास गरिरहेको बताउँदै उनले भनिन,‘ मधेशीको मुद्धा उठाउने पाटी नेपाली कांग्रेस होे ।’

निर्वाचनको समयमा नेपाली कांग्रेसलाई विर्सेर लोभ लालचमा फसेर अन्य पाटीलाई जिताउने अभियान त्याग समेत देउवाले उक्त कार्यक्रममा उपस्थित सबैलाई आग्रह गरिन् । कांगेस भित्रको परिवारले कांग्रेसलाई निर्वाचनमा समयमा धोका दिन नहुने समेत प्रस्ट पारिन ।

नेपालमा नपाउने सामान बाह्य क्षेत्रबाट नेपाल ल्याउन प्रतिबन्ध लगाउने कार्यले नागरिकले समस्या भोग्नुपरेको बताउँदै त्यसो नर्गन सकेत सुरक्षाकर्मीलाई आग्रह गरिन् । मधेश प्रदेशको विकासमा आँफू सँधैव लागि परेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *