एभरेष्ट बैंकको शाखा जनकपुरको मुरली चोकमा
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जनकपुरको मुरलीचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै एभरेष्टको शाखा सञ्जाल १२७ पुगेको छ । जनकपुर उप–महानगरपालिका–४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले शाखाको उद्घाटन गरेका छन् ।
शाखा उद्घाटन पछि झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।