बाबुरामको गृह जिल्लामा १४ जनाले गरे नेसपा परित्याग

काठमाडौं । नेसपाका अध्यक्ष डां बाबुराम भट्टराईको गृह जिल्ला गारखामा नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । अन्यपाटी भन्दा फरक नेसपा नभएको भन्दै उनीहरुले पाटी परित्याग गरेका हुन् । नेसपाले पनि नयाँ परिवर्तन केही ल्याउन नसेको आरोप नेता तथा कार्यकर्ताहरुले लगाएका छन् ।

पार्टी परित्याग गर्नेमा गण्डकी प्रदेश सदस्य तथा गोरखा नगर अध्यक्ष ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रविन आचार्य, नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष सुजन गर्तौला, पार्टीका जिल्ला सदस्य मिलन न्यौपाने, जिल्ला सल्लाहकार सदस्य रामहरि खनाललगायत रहेका छन् ।

‘पार्टी विधि विधानअनुसार संचालन नगरी आफू अनुकूल नेतृत्व परिवर्तन र पद बाँडफाँडको कारण विगत लामो समयदेखि कार्यकर्ताको गुनासा समस्या समाधानमा पार्टी भूमिकाविहीन अवस्थामा रहन पुग्यो,’जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *