शेखर कोइराला : सुन तस्करीको छानबिनमा प्रहरीलाई बाइपास गरिनु शंकास्पद

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले सुन तस्करीको छानबिनमा प्रहरीलाई बाइपास गरिएकोमा आशंका व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको प्रमाणपत्र वितरण तथा पदस्थापना कार्यक्रममा बोल्दै डा. कोइरालाले एक साताअघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पिए रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएको जनाएका छन् ।

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्रीको स्वकीय रहेका ढुंगानालाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको उनले बताए ।

उक्त अवसरमा कोइरालाले भने, ‘राजश्व अनुसन्धान विभाग विगतमा अर्थमन्त्रालय मातहत थियो केपी ओलीजीको पालामा प्रधानमन्त्री मातहत लगियो । शेरबहादुरजीको पालामा हामीले पटकपटक यो अर्थमै लैजाउँ भनियो तर अहिलेसम्म लगिएन । यो संकेतमात्र गरेको हो बुझ्नुस् । राजश्व अनुसन्धानको डीजी सुन तस्करी बाहिर आउनुभन्दा एक साताअघिसम्म प्रधानमन्त्रीको पिए थिए । अनुसन्धानमा सीआईबीलाई संलग्न गराइएको छैन भनेपछि यसबाट बुझ्नुस् ।’

कोइरालाले यस्ता काण्डहरू आएका बेला तीनवटा शीर्ष नेताहरू गोप्य छलफलमा बस्ने गरेको र पछिल्लोपटक पनि यस्तै भएको भन्दै यसबारेमा पत्रकारहरूले लेख्नुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *