महानगरको छात्रवृत्तिका लागि तोकियो १५ परीक्षा केन्द्र

काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षामा १५ स्थानमा परीक्षा केन्द्र तोकिएको हो ।

महानगरले तोकेका परीक्षा केन्द्रहरूमा भानु मावि पानी पोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्यामन्दिर क्षेत्रपाटी र कुलेश्वर मावि कुलेश्वर रहेका छन् ।

यसैगरी, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, पद्मोदय मावि रामशाहपथ, पशुपति मित्र मावि चावहिल, रत्नराज्य मावि बानेश्वर, सहिद शुक्र मावि बागबजार, संस्कृति मावि रानीपोखरी, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी र सिद्धेश्वर मावि शान्तिनगर छन् ।

परीक्षा दिने विद्यार्थीको संख्या ६ हजार १७ जना छ । यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि रहेका छन् । परीक्षाका लागि बिहीबारदेखि विद्यार्थीहरुले प्रवेश पत्र लिन सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *