सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो ।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो । गत मंगलबार पहिलो पटक बैठक बसेपनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन दलहरुले सहमित जुटाउन नसक्दा मंगलबारको बैठक स्थगित भएको थियो । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।

आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *