निर्माण व्यवसायीको चेतावनी-आफ्नो माग पूरा नभए देशभर आन्दोलन चर्काउने

काठमाडौं । निर्माण व्यवसायीहरूले आफ्नो माग सम्बोधन नभए देशभर निर्माण ठप्प पार्ने चेतावनी दिएका छन् ।

शुक्रबार बालुवाटरमा निर्माण सामग्रीसहित धर्ना दिन पुगेका उनीहरुले यथाशिघ्र आफुहरुको माग सम्बोधन नगरिए देशभर निर्माण ठप्प पार्ने चेतावनी दिएका हुन् । उनीहरुले सबै कामको भुक्तानी गरिनुपर्ने, बजेट दिन नसक्ने आयोजनाहरू खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुस्ट म्याद थप गर्नुपर्ने लगायतका माग राखेका छन् । उक्त माग पूरा नभए देशमा आन्दोलन थप चर्काउने उनीहरुको चेतावनी छ ।

धर्ना कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *