काठमाडौंको तारकेश्वरमा पहिरो जादाँ बाबु–छोरीको मृत्यु


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चो गाउँमा पहिरोले घर पुर्दा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने बाबु र छोरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

गए राति करिब ८ बजे पहिरोले घर पुर्दा उक्त हताहात भएको हो । घरमाथिबाट आएको पहिरोले टिनको घर पुर्दा उक्त घटना भएको हो प्रवक्ता ढुंगेलले भने, एकजनाको घाइते हुनु भएको छ र उहाँको उपचार भइरहेको छ । उनका अनुसार गणेशकी श्रीमती घाइते भएकी हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *