राष्ट्रपति पौडेलद्वारा राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका लागि नेपालको राजदूत (स्थायी प्रतिनिधि)मा नियुक्त गरेको छन् ।

सोमबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ को उपधार (१) बमोजिम थापामा लाई नोपलको राष्ट्रसंघीय स्थायी नियोगको राजदूत/स्थायी प्रतिनिधिमा नियुक्त गरिएको हो ।

यसैगरी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि, जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूतमा विष्णपुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र संघीय गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैर आवासीय नेपाली राजदूतमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *