काठमाडौंबाट लगेको २४ तोला सुन पोखरा पुगेपछि समातियो
काठमाडौं । कास्कीबाट प्रहरीले सुन जस्तै देखिने २४तोला धातु सहित एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंको जोरपाटी बस्ने झापाको बिर्तामोड नगरपालिका–१ की ४५ वर्षीय कल्पना गुरुङलाई बिहीबार बिहान पोखरास्थित बसपार्कबाट पक्राउ गरिएको हो ।
काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा पुगेकी उनलाई विशेष सूचनाका आधामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद धातु सुन नै हुन सक्ने सम्भावना प्रबल रहे पनि प्रमाणित हुन बाँकी छ । अरू कसैले उनीमार्फत सुन पठाएको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ती महिलाले आफूलाई फोन गरेर अरू नै कोही व्यक्ति उक्त सामान लिन आउने बताएकी छन् ।