मन्त्रिपरिषद् पुनर्गठन निर्णय लिने, जनमत पार्टीबाट एक जनालाई मन्त्री बनाउने निश्चित

काठमाडौं । प्रतिकूल मौसमका कारण विमानस्थलमा उडान प्रभावित बनेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिकुल मौसमका कारण चितवनबाट फर्किन ढिलाइ भएको छ ।  प्रधानमन्त्री प्रचण्ड शुक्रबार गृह जिल्ला चितवन पुगेका थिए पारिवारिक भेटघाट र आरामका लागि त्यहाँ पुगेको बताइएको छ । 

सो क्रममा प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बसेका थिए । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक चितवन गएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले चितवनबाट फर्किएर मन्त्रिपरिषद् पुनर्गठनबारे निर्णय लिने बताइएको छ । प्रधानमन्त्री फर्किन ढिलाइ भएकै कारण मन्त्री हेरफेरबारे निर्णय लिन ढिलाइ भएको बताइएको छ । 

जनमत पार्टीबाट एक जनालाई मन्त्री बनाउने निश्चित भइसकेको छ । माओवादीबाटै मन्त्री हेरफेरबारे भने निर्णय भइनसकेको छ ।  जनमत पार्टीबाट यसअघि नै अनिता कुमारी साहको नाम सिफारिस भइसकेको छ । यस्तै माओवादीबाट अमनलाल मोदी र सुदन किरातीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने चर्चा भईरहेको छ ।

बिहानबाट लगातार परेको बर्षाको कारण पैदलयात्रि साथै विमानस्थलमा उडान प्रभावित बनेको छ सवारी साधनमा समेत प्रभाव परेको छ । काठमाडौँ लगायत बिभिन्न जिल्लाहरुमा बिहानबाटै बर्षा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *