कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक जारी छ । संसदको अवरोधसहित समसायिमक राजनीति, पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्नको लागि कांग्रेसको बैठक बसेको हो ।
बैठकले सांसद शर्मा पक्राउ प्रकरणमा आजको बैठकले आधिकारिक धारणा बनाउने बताएको थियो । नक्कली सर्टिफिकेटको आरोपमा डा। शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।
कांग्रेस बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले चालेको कदममा नेताहरूले प्रश्न उठाएका थिए । थुनामुक्त भएका सांसद शर्मा पनि आजको बैठकमा सहभागी भएका छन् ।
सांसद शर्माले बिहान बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । माओवादीसँगको गठबन्धनले पार्टी खिइने भन्दै उनले कांग्रेस(एमाले मिलेर सरकार गठन गर्नुपर्ने प्रस्ताव बैठकमा पेस हुने भएको छ ।