सुन तस्करीमा सरकार नै संलग्न छ : एमाले

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च नेतृत्व नै संलग्न रहेको दाबी गरेको छ । आइतबार पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले क्विन्टल सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न रहेको बताएका हुन् ।

सुन तस्करी प्रकरणमा सरकार नै संलग्न भन्दै उनले आफूहरुले भनेजस्तो उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्नै नचाहेको बताए । पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति वाचन गर्दै गौतमले एमालेले अघि सारेको माग पुरा नभएसम्म संसद अवरुद्ध गर्नेक्रम जारी नै राख्ने एमाले निर्णय कायम रहेको बताए ।

‘समितिको नाम लिन नै नचाहेर अनावश्यक अडान लिइरहेको छ । यो भने सुन प्रकरणमा सरकार नै तस्करलाई जोगाउन लाग्नु हो । त्यसैले माग पुरा नभएसम्म दवावका कार्यक्रम चलाउने कुरा यथावत छ’, उनले भने ।

साथै सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको बताए । ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, उनले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।’

‘अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन, दलिय गठबन्धन अगाडि आउँछ’, एमाले अध्यक्ष ओलीले अगाडि भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *