क्यानका कार्यवहाक सचिव पाठकले दिए मकवानपुर प्रहरीमा उजुरी

काठमाडौं । मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवहाक सचिव दुर्गा पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

हेटौंडामा खाना खान बसेका पाठकमाथि स्कुटरमा आएका दुई अपरिचित व्यक्तिले शनिबार मोबिल फ्याँकेपछि उनले प्रहरीमा उजुरी दिएको बताए । केन्द्रीय सदस्यको रुपमा काम गर्न गएको बेला यसरी खाना खान बसिरहेको बेला आक्रमण हुनु दुःखद कुरा भएको बताउँदै दुव्र्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्न माग गर्दै उनले प्रहरीमा उजुरी दिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *