मारुतीले दुई गाडीमा हाइब्रिड भेरियन्ट ल्याउँदै
काठमाडौं । मारुती सुजुकीले आफ्ना दुई गाडीमा छिट्टै नै हाइब्रिड भेरियन्ट ल्याउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक र सेडान कारलाई हाइब्रिड बनाउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक कार स्वीफ्ट र सेडान कारमा हाइब्रिड भेरियन्ट डिजाइन थपेर छिट्टै नै भारतीय बजारमा लन्च गर्ने तयारी गरेको छ ।
यी कारको अहिलेको डिजाइनमा समेत परिवर्तन हुनसक्ने र कम्पनीले यी कारको फेसलिफ्ट डिजाइन ल्याउन सक्नेछ । हाइब्रिड भेरियन्टले ग्राहकलाई धेरै फाइदा पुग्न सक्ने साथै एक लिटर पेट्रोलमा ३५ किलोमिटरसम्म चलाउन सकिने छ । कम्पनीले बलियो हाइब्रिडसँगै माइल्ड हाइब्रिड समेत दिनसक्ने जनाइएको छ ।