आइजिआई प्रुडेन्सियलले ५२ प्रतिशत बढायो नाफा
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड १० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनील १७ करोड १२ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५२ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ३२ प्रतिशत बढेर ८५ करोड ६७ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ७४ लाख ८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी ४३ करोड ३६ लाख ५७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ४९ लाख ३६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ, जगेडा कोष ५६ करोड ८३ लाख रुपैयाँ र बीमा कोष १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.८५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६५.१२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५८ गुणा रहेको छ ।