माछापुच्छ्रे बैंकको ब्याजदर सार्वजनिक
काठमाडौं । माछापुच्छ्रे बैंकले विभिन्न खातामा आज भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि साउनमा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ७.८५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । बैंकले रेमिट्यान्स खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा १० प्रतिशत थियो । बैंकले कर्जाको ब्याजदरमा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।