मुख्यमन्त्रीलाई मन्सुरीले भोट हाले एमालेले प्रतिवाद गर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष गर्ने इस्रयाल मन्सुरीले मतदान गरे नेकपा (एमाले) ले प्रतिवाद गर्ने जनाएको छ ।

प्रदेशसभा सचिवालय परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो बताएका हुन् । उनले जबरजस्ती गरे सदनदेखि अदालतसम्म आन्दोलन गर्ने चेतावनी दिए । प्रदेशसभाको बैठक अब केहीबेरमा बस्दैछ ।

प्रदेशसभा सचिवालयले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे बैठक बस्ने सूचना जारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *