बालिका बलात्कार आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ

तनहुँ । बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन् । उनलाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत ३१ साउनमा प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी दिएपछि थापा फरार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *