गौरीशङ्कर टोलमा हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ३ मा रहेको गौरीशङ्कर टोलमा नवनिर्मित हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन गरिएको छ । उक्त मन्दिरको ९१ वर्षीय समाजसेवी कोमल विक्रम राणाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूजा तथा प्राण प्रतिष्थापन गरी मन्दिरको शुभारम्भ गरिएको हो ।

यज्ञमा प्रमुख अतिथि राणाले पहिलो चरु हवन गरेपछि मन्दिरको पूजा सुरु गरिएको थियो । विभिन्न दानवीरदाताहरूको आर्थिक सहयोग एवम् जग्गादानबाट निर्मित उक्त मन्दिरको लागत विवरण भने सङ्कलन भइरहेको र केहिदिनमा सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उक्त मन्दिरमा अव नियमित पूजा पाठ र धार्मिक अनुष्ठान हुने र यसको औपचारिक उद्घाटन भने भव्य समारोहबिच गरिने पनि मन्दिर व्यवस्थापन समितिले जानकारी दिएका छन् ।