सल्यानमा बस दुर्घटना: ६ जना घाइते, २ को अवस्था गम्भीर
काठमाडौं । सल्यानको बागचौर नगरपालिका ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
घाइतेहरु सबैलाई उद्धार गरेर एम्बुलेन्समार्फत् बागचौरमा रहेको पोलिक्लिनिकमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।