मंगोलियाविरुद्ध नेपालको शान्दार प्रर्दशन , कीर्तिमान नै कीर्तिमान

काठमाडौँ । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालबाट उत्कृट खेल प्रर्दशन गरेको छ ।

नेपालका व्याडसम्यानले सान्दार प्रर्दशन गरेसँगै धेरै कुरामा विश्वरेर्कट कायम गरेका छन । जारी खेलमा दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेका छन् । उनले १० बल मात्र खेल्दा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाएका छन् । यति मात्र नभएर उनले सबैभन्दा छिटो अर्धशतक समेत बनाएका छन् । उनले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडेर मात्र ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर विश्व कीर्तिमान बनाएका हुन् ।

पछिल्लो समय नेपालमा क्रिकेटको क्रज दिनप्रतिदिन बडिरहेको बेला यस्तो प्रर्दशन देख्दा नेपालको क्रिकेट टिम निकै आशलाग्दो बनेको छ । ७.२ ओभरमा ६६ रन मात्र हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेर सो लक्ष्य हासिल गरेको हो ।

जारी खेलमा मंगोलीयाले ८ ओभरमा ५ विकेट गुमाउदै २९ रन बनाएको छ । साथै खेल चलिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *