एमाले वाग्मती अधिवेशनमा पाँच पदका लागि २६ जनाको उमेदवारी
काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको पहिलो अधिवेशन अन्तर्गत हुन लागेको निर्वाचनमा अध्यक्षका लागि चारजनाको उमेदवारी परेको छ । अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ जनाको उमेदवारी परेको छ । अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेको उम्मेदवारी परेको छ । उपाध्यक्षको लागि दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उमेदवारी परेको छ ।
सचिवका लागि रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् । उपसचिवका लागी खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उमेदवारी दिएका छन् । अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।