एमाले बागमती प्रदेश : अधिवेशनको मतदान अनिश्चित , समयमा सुरुहुन सकेन र्निवाचन

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान प्रक्रिया अनिश्चित बनेको छ ।

एमालेले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर ८ बजेदेखि मतदान सुरु गर्ने तय भए पनि हालसम्म उम्मेदवारको नामावलि प्रकाशन भएको छैन । आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न नसके पछि मतदान कार्यक्रम अनिश्चित बनेको हो ।

यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिएका थिए । उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझ ४ बजेदेखि मतदान सुरु हुनसक्ने जनाइएको छ ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो । अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकाङ्क्षी देखिएका छन् । प्रदेश अधिवेशनको मतदान विद्युतीय मेसिनमार्फत हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *