प्रहरीले सामाजिक सद्भावमा खलल पुर्याउने सामग्री पोस्ट गर्नेलाई कारबाही गर्ने
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुर्याउने गतिविधि गरे कारबाही गर्ने भएको छ । प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषयवस्तु प्रकाशन तथा प्रसारण गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
साइबर ब्युरोले शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन र प्रदर्शन नगर्न आग्रह गरेको छ।