नेपाली भूमिमा प्रधानमन्त्री मोदी ,’ नेपाललाई छैन् थाहा ‘

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।

नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतिय सुचना माध्यमका अनुसार भारतको पिथौरागढका साथै गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपालसँगको सीमा क्षेत्रमा पर्दछ । भारतीय पक्षले नेपाललाई यसको जानकारी भने नगराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । ‘मोदीको भ्रमणबारे भारतीय पक्षबाट औपचारिक पत्र प्राप्त नभएकाले धेरै जानकारी त छैन तर अनौपचारिक रुपमा सूचना लिएका छौं ।’ उनले भनिन् ।

नेपालका अतिक्रमित भूमीहरु गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलत्तयु, गब्र्याङ र बुदी नेपाली नक्सामा परेपनि भारतले अस्वीकार गर्दै आएको र यो कुटनीतिक विषय भएकाले आफूले धेरै बोल्न नमिल्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।

भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन् ।मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ । साथै प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *