इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान आजै सवा ९ बजे नेपाल आइपुग्ने

काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज आज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ ।

बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाली विद्यार्थी लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएका थिए । उक्त विमानले नेपाली समयअनुसार १०स्४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ र त्यहाँबाट नेपाली विद्यार्थी लिएर बिहीबार राति नै नेपालतर्फ आउनेछ ।

प्यालेस्टिनी लडाकु समूह हमासले गत शनिबार इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमासविरुद्ध युद्ध घोषणा गरेको छ । युद्धमा परेर मृत्यु भएका १० नेपालीको शव ल्याउन भने समय लाग्ने परराष्ट्र मन्त्रालयको भनाइ छ । इजरायलमा आक्रमणपछि विश्वका धेरै देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् । सोहि क्रममा नेपालले पनि आफ्नो विद्यार्थी लिन गउको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *