नेपालको लगातार जित


काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले आइतबार मलेसियामा भएको खेलमा बहराइनविरुद्ध सात विकेटको सहज जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित बयुमस ओभलमा सम्पन्न खेलमा बहराइनले प्रस्तुत गरेको ७८ रनको लक्ष्य नेपालले ११।४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा अर्जुन कुमाल र कप्तान देव खनालले समान ३२ रन जोडे । १०–३ को नाजुक अवस्थामा यी दुईले चौथो विकेटका लागि ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् । यसबाहेक अन्य तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बहराइनका अनास ओभाइद सयेदले तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाएर ७७ रनको योगफल खडा गरेको थियो । बहराइनका मुहम्मेद बसिलले ३४ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बहराइनका पाँच ब्याटर शून्यमा पभेलियन फर्किएका थिए । नेपालबाट घातक बलिङ गरेका दीपेश कँडेलले ६ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले आठ मेडन राख्दै चार रनमात्र खर्चिए । यस्तै, दुर्गेश गुप्ताले चार विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा इरानलाई २७४ रनको जित निकालेको थियो । प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टिम पाकिस्तानमा हुने तालिका रहेको यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *