वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.९५ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।
बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर तोकेको छ । राष्ट्रिय वाणिज्य बैंक रिकरिङ्ग मुद्धती निक्षेप र फूल डबल मुद्धती खातालाई २०७९ माघ १ गते देखि लागु हुने गरि बन्द गरिएको बैंकले जनाएको छ । उपभोक्ता समितिको चल्ती खाता शून्य मौज्दातमा खोल्न सकिने छ । यस्तै, २०७९ माघ १ गते देखि खोलिने सबै प्रकारको मुद्धती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले बताएको छ । बैंकका अनुसार महालक्ष्मी र कर्मयोगी बचत खाता खोल्दा लकर शुल्कमा २५ प्रतिशत छुट हुनेछ ।