स्वास्थ्य मन्त्रालयले भन्यो– दशैंको अवधिमा अस्पतालमा आकस्मिक सेवा नपाए जानकारी गराउनू

काठमाडौं । स्वास्थ्य मन्त्रालयले दसैँ बिदामा अस्पतालमा आकस्मिक सेवा नपाएमा आफूलाई जानकारी गराउने आग्रह गरेको छ ।

दशैका बिदाका बेला यदि उपचार नपाएमा स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा फोन गर्न मन्त्रालयको आग्रह छ । बिदाको अवधिमा अस्पतालहरूको बहिरंग सेवा बन्द भए पनि आकस्मिक कक्ष खुल्ला रहने भएकाले स्वास्थ्यमा समस्या देखिएमा अस्पताल बन्द छ भनेर घरमै नबस्न मन्त्रत्रालयको आग्रह गरेको छ ।

अस्पतालहरूले आकस्मिक कक्षमा चिकित्सकहरूको व्यवस्थापन गर्ने गरी प्रबन्ध मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *