संघीयताको औचित्य पुष्टि गर्न सबै दल एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्र्दै उनले राजनीतिक परिस्थितिले आफू मुख्यमन्त्री बन्न पुगेको बताएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारको मुख्यमन्त्रीका रुपमा प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्दै कार्कीले सबै राजनीतिक दल मिलेर जानुपर्ने बताए । उनले भने, ‘यो राजनीतिक परिस्थितिले अहिलेको जिम्मेवारी प्राप्त हुन गएको छ । यो जिम्मेवारी मात्रै नभई प्रदेशको समग्र विकास र आर्थिक रुपान्तरणको दायित्व पनि हो । त्यसका लागि प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको छ ।’

सोहीक्रममा उनले प्रदेशसभा विघटन र मध्यावधि निर्वाचनमा दलहरु नजानेसमेत विश्वास व्यक्त गरे । प्रदेशमा हुने कामका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने र सुशासन तथा संघीयताको औचित्य पुष्टि गर्न सबै एकजुट भएर जानुपर्ने उनको भनाइ थियो ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि उनले आह्वान गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *