निगमले तिर्‍यो नागरिक लगानी र कर्मचारी सञ्चय कोषको ऋण


काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई कुल ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले न्यारोबढी जहाजको असोज महिनाको पूरा किस्ता र वाइडबडी जहाजको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।

निगमले यसअघि असारसम्मको तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार २ सय २५ रुपैयाँ किस्ता भुक्तानी गरेको थियो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लागनी कोषबाट दुई न्यारो बढी र दुई वाइडबडी जहाज खरिद गर्न ऋण लिएको थियो । निगमले आन्तरिक स्रोतबाट तीनवटा जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *